बेलायतमा कोरोनाबाट एकैदिन १६१० जनाको मृत्यु
लण्डन । बेलायतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ, जुन अहिलेसम्मकै नयाँ रेकर्ड हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससँगै बेलायतमा कोरोनाका मृतक संख्या पनि ९१ हजार नाघेको छ ।
यसअघि गत जनवरी १३ का दिन १५४५ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कोरोनाका मृतकको संख्या ९१ हजार ४७० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३३ हजार ३५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या भने विगत तीन हप्तायताकै न्यून हो । योसँगै बेलायतमा कोरोना सनाक्रमित्को संख्या ३४ लाख ६६ हजार ८४९ पुगेको छ ।
कोरोना संक्रमण बढेसंगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि तीव्रता दिंदै आएको छ । पछिल्लो तथ्याङ्क अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सरकारी तथ्याँकमा उल्लेख छ । बेलायतमा हालसम्म ४२ लाख ६६ हजार ५७७ जनाले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ५६ हजार ८६६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण