ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउँछौ: माधव नेपाल
सुर्खेत । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी निष्काशन गर्ने बताएका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् ।
‘केपी ओलीका कारण आज गणतन्त्र धरापमा पर्यो । कम्युनिस्ट पार्टी ध्वस्त भयो । हामी गणतन्त्रको आन्दोलन गर्दै गर्दा अोली बयलगाडाको कुरा गर्थे । अहिले उनको असली रुप देखियो । त्यसैले उनी कम्युनिस्ट होइनन् । कम्युनिस्ट हुन लायक पनि छैनन भन्ने बुझेर उनलाई साधारण सदस्यबाट निष्काशन गर्न गइरहेका छौं’ अध्यक्ष नेपालको भनाई थियो ।
उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए । सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गरेरै छाड्ने घोषणा समेत गरे । कर्णाली प्रदेशकै ठुलो विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण