कर्णालीमा कुकुरका लागि निःशुल्क ‘बन्ध्याकरण’
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेका सामुदायिक कुकुरहरुका लागि निःशुल्क बन्ध्याकरण शिविर संचालन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सामुदायिक तथा घरपालुवा कुकुरहरुमा निशुल्क बन्ध्याकरण कार्यक्रम संचालन गरिएको हो ।
कर्णालीमा पहिलो पटक प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सामुदायिक कुकुरहरुलाई पहिलो पटक बन्ध्याकरण शिविर संचालन गरिएको हो । सामुदायिक कुकुहरुका कारण राजमार्ग तथा अन्य सडकहरुमा दुर्घटना बढ्ने तथा रेविज रोग फैलिन सक्ने भएकोले बन्ध्याकरणसहित रेविज रोगको खोप समेत लगाइने भएको छ ।
सामुदायिक कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको हो,’ पशुपंक्षी रोग अन्वेषन प्रयोगशाला सुर्खेतका प्रमुख डा. कृष्णराज पाण्डेले बताए । कुकुरको जनसंख्या वढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गर्न लागिएको उनले बताए । प्रदेशमै पहिलो पटक विशेषज्ञ सेवा सहित शिविर संचालन गरिएको उनले जानकारी दिए ।
पहिलो चरणमो वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक कुकुरहरु लाई खोप संचालन गरिएको छ । शिविरका लागी ८ जना पशुचिकित्सक प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएका पशुपंन्छि विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक मोहन गिरीले बताए ।
यो अवधीमा ३ सय बढी कुकुरहरुलाई सेवा प्रवाह गरिने निर्देशक गिरीको भनाइ छ । सोमबार तथा मंगलार बिहानसम्म करिब १ सय ५० वटा कुकरको बन्ध्याकरण गरिएको छ,’ उनले भने । बजारमा रहेका सामुदायिक कुकुरहरुलाई भेटनरी एम्बुलेन्स मार्फत पशुपंक्षी विकास निर्देशनालयमा ल्याएर निःशुल्क बन्ध्याकरण गरेर छोडिने गरिएको उनले बताए । घरपालुका कुकुर सम्बन्धित घरधनी आफैले लिएर शिविर स्थलमा आए पनि निःशुल्क बन्ध्याकरण गरिने छ,’उनले रातोपाटीलाई बताए ।
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, केन्द्रिय रिफरल पशु चिकित्सालय काठमाडौं, पशुपन्छी रोग अन्वेषन प्रयोगशाला सुर्खेत, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र पशुपक्षी विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो। निःशुल्क बन्ध्याकरण शिविर सोमवारदेखि बुधबारसम्म सञ्चाालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
-
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
-
लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरण आदेश
-
सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी नयाँ व्यवस्थालाई सरकारको स्वीकृति
-
मेस्सीका लागि अन्तिम नृत्य अझैँ बाँकी छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण