यसरी शुरु भयो कोरोनाभाइरसविरुद्धको खोप अभियान, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएका थिए । राष्ट्रपतिको शुभकामना सन्देशमा कोभिड १९ विरुद्धको खोप अभियान सफल पार्न सवै क्षेत्रका मानिसहरुको सहभागिता अनिवार्य भएको महशुस गरेको उल्लेख छ ।

पहिलो चरणमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन् । आज पहिलो दिनमात्रै १२ हजारले यो खोप लगाउने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
