१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
सारांश
- आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ ।
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले पुराना दलहरूको असहमतिबिना सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।
- नगर प्रहरी ननिस्कँदा न्युरोडको फुटपाथ व्यापारीले भरिएको छ ।
आज २०८३ असार २८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल, नगर प्रहरी निस्किन छाडेपछि न्युरोडको फुटपाथमा भरिए व्यापारी, विरोध प्रदर्शनले फेरि तात्न थाल्यो माइतीघर, विरोध प्रदर्शनले फेरि तात्न थाल्यो माइतीघर, हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, दीपाश्री निरौलालाई ब्रेन ट्युमर, दुबई गएको २० दिन नबित्दै बाकसमा फर्किए भक्तबहादुर लगायत छन् ।
१. गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति
मोटरसाइकलमा नगर प्रहरीले ‘ह्विल लक’ लगाएपछि उत्पन्न विवादका बिच आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको विषयलाई लिएर नेपाल सरकार (स्थानीय तहसहित) र पीडित पक्षबिच ९ बुँदे सहमति भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ । उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने सहमतिमा उल्लेख छ ।
२. संविधान संशोधनमा बिच्किए पुराना दल
‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले संविधान निर्माणमा भूमिका खेलेका राजनीतिक दलहरूको असहमतिबिनै सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । पुराना दलहरू कार्यदललाई सुझाव नै नदिने गरी बिच्किएका छन् ।
३. नगर प्रहरी निस्किन छाडेपछि न्युरोडको फुटपाथमा भरिए व्यापारी
मुगुका गणेश नेपालीले मोटरसाइलकमा ह्विल लक लगाइएको कारण आत्मदाह गरेपछि बढेको विवादका कारण केही दिन यता काठमाडौँका सडकमा नगर प्रहरी निस्किन छाडेका छन् । परिणामस्वरुप न्युरोड क्षेत्रका फुटपाथमा व्यापारीले विभिन्न सामान राखेर बेच्न थालेका छन् ।
४. विरोध प्रदर्शनले फेरि तात्न थाल्यो माइतीघर
बालेन शाहको नेतृत्वमा सरकार बनेको केही समयपछि नै शान्त भएको माइतीघर क्षेत्र फेरि विरोध प्रदर्शनले तात्न थालेको छ । पछिल्लो समय सुकुमबासी व्यवस्थापनमा सरकारले देखाएको उदासीनता र गणेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन सुरु भएको हो ।
५. हरियो रङमै चल्ने भयो ‘ब्लु बस’
महिलाको सुरक्षालाई ध्यानमा राख्दै सरकारले निःशुल्क सेवा प्रवाह गर्ने गरी साझा यातायातको हरियो बसलाई रङ परिवर्तन गरेर ‘ब्लु बस’ सञ्चालन गर्ने भनिए पनि सर्वत्र आलोचनापछि सरकार निलो रङ राख्ने निर्णयबाट ‘ब्याक’ भएको छ ।
६. दुर्गा प्रसाईंले विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेपछि..
मेडिकल व्यवसायी तथा नयाँ राजावादी पार्टी खोल्ने तयारीमा लागेका दुर्गा प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै कार्यक्रम गर्नबाट रोकेको छ । निषेधित क्षेत्रमा पूर्वस्वीकृतिबिना पोस्टरसहित कार्यक्रमको तयारी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
७. दीपाश्री निरौलालाई ब्रेन ट्युमर
अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । गत मङ्गलबारदेखि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत उनको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
८. दुबई गएको २० दिन नबित्दै बाकसमा फर्किए भक्तबहादुर
पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बस्तेकोटका २६ वर्षीय भक्तबहादुर नेपाली यही असार १२ गते रोजगारीको सिलसिलामा दुबई गएका थिए, तर २० दिन नबित्दै उनको शव बाकसमा फर्किएको छ ।
९. अर्थसम्बन्धी केही कानुन संशोधन र केही खारेज गर्दै सरकार
सरकारले अर्थसम्बन्धी केही कानुन संशोधन र केही खारेज गर्ने भएको छ । यसका लागि अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।
१०. विश्वकप फुटबलको सेमिफाइनलमा चार महाशक्ति
विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फुटबलकै महाशक्ति मानिएका अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । फिफा वरीयताको शीर्ष चार स्थानमा यिनै चार टोली छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण