वीरेन्द्रनगरमा ब्राउन सुगरसहित ३ पक्राउ
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो सयम लागुऔषधका घटनाहरु बढिरहेका छन् । लागूऔषध ब्राउनसुगरसहित बुधबार मात्र प्रहरीले वीरेन्द्रनगरबाट ३ जनालाई प्रक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– १२, बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका सुमन बटाला, गणेश सुनार र गंगे सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुमनको घरमा खानतलासी गर्दा तीनजना शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए ।
‘उनीहरुलाई सोधपुछ गर्ने क्रममा सुमनले हातमा लुकाइछिपाई राखेको शंकास्पद वस्तु झ्यालबाट बाहिर फाले,’ उनले भने, ‘उक्त वस्तु हेर्दा ब्राउन सुगर रहेछ ।’
पछि तीनैजनालाई खानतलासी गरेको भन्दै उनले भने, ‘दुई पुडिया गरी जम्मा २४ पुडिया नापतौल गर्दा प्लास्टिकसहित दुई ग्राम नौ सय ६० मिलीग्राम र प्लास्टिकबाहेक नापतौल गर्दा एक ग्राम आठ सय २० मिलीग्राम लागूऔषध भेटियो ।’
उनीहरुका साथबाट ब्राउन सुगर नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजुसमेत बरामद गरिएको प्रवक्ता घर्तीले जनाए । उनका अनुसार उक्त विषयमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण