डाक्टर बनेर आफ्नै गाउँमा सेवा
गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा ।
गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।’
आफ्नै गाउँको छोरा डाक्टर बनेर आएकोमा हर्ष लागेको उनले बताए । डाक्टर शर्माले चितवन मेडिकल कलेजमा दुई वर्ष अघि एमबीबीएसको अध्ययन सकेर त्यहीँ काम गर्दै आएका थिए ।
५ वटा वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन
ईस्मा गाउँपालिकाका ६ वटा वडामध्ये वडा नम्बर २ बाहेक ५ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन छन् । केही दिन अघिमात्र पूर्वमन्त्री गोकर्ण विष्टले वडा नम्बर ३ दर्लामचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहोली स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् ।
त्यसअघि दोहोली मै १५ शय्याको आधारभुत अस्पताल शिलान्यास गरेका पूर्वमन्त्री विष्टले अब सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा जानु पर्ने बिरामीलाई ईस्मामै उपचार सेवा दिलाउने गरी अस्पताल बनाउन लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण