नेपालमा संक्रमण दर घट्दै
शनिबार, १७ माघ २०७७, ०७ : ०१
एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ ।
पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७.९ प्रतिशत निको भइसकेका छन् ।
हाल नेपालभरि ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने १ सय ५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म ६ लाख ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण