दाङलाई औद्योगिक क्षेत्र घोषणा : व्यवसायीद्वारा स्वागत
दाङ । सरकारले घोराही उपमहानगरपालिकामा दाङ औद्योगिक क्षेत्र घोषणा गरेकोमा जिल्लामा स्वागत गरिएको छ । दाङ जिल्ला उद्याेग वाणिज्य संघका पूर्व अध्यक्षहरुदेखि निर्माण व्यवसायीहरुले सरकारी निर्णयको स्वागतसँगै विशेष कार्यान्वयनमा जोड दिएका छन् ।
सरकारको घोषणाले व्यवसायी उत्साहित र खुसी भएको भन्दै दाङ उवासंघका पूर्वअध्यक्ष तथा नेपाल उद्याेग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धुर्वराज श्रेष्ठले बताए । उनले विगत ७ वर्षदेखि जिल्लाका व्यवसायीको माग सुनुवाइ गरेकोमा सरकारलाई धन्यवाद दिँदै समन्वय पहल गरेर निर्णय गराउन सफल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र सरकारले निर्णय गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरे ।
यसैगरी संघका पूर्वअध्यक्षहरु हेमराज बञ्जाडे र नारायण भुसालले दाङको घोराहीलाई औद्याेगिक क्षेत्र घोषणा गरेर लामो समयदेखिको दङ्गाली व्यवसायीको माग पूरा भएको र डिपिआर पनि तयार भइसकेकाले अब बजेट दिएर पूर्वाधार बनाउन पनि सरकार सहयोगी भएर आउने विश्वास व्यक्त गरे ।
त्यस्तै पूर्वमहासचिव तथा दाङ चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष दिपक सुबेदीले आफू पदमा रहँदा यो निर्णय गराउनका लागि काठमाडौं डेलिगेसन पटक-पटक गएको स्मरण गराउदै सरकारको निर्णयको स्वागत गरे ।
केहि दिन अघि मन्त्रिपरिषद बैठकले घोराही उपमहानगरपालिकाका २ वटा वडामा रहेको ५ सय ४९ बिघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण