प्रतिष्ठानको अत्याधुनिक सिटी स्क्यान मेसिनमा समस्या
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौं पछिको ठूलो र अत्याधुनिक भनिएको सिटी स्क्यान मेसिनमा जडान भइ उद्घाटन गरेको केही दिनमै समस्या देखिएको छ । मेसिन बिग्रिएर थन्किएपछि सर्वसाधारणले सिटी स्क्यान सेवा पाउन सकेका छैनन् । उद्घाटन धुमधाम भएपनि अहिले मेसिन सन्चालनमा आएको केहि दिनमै बिग्रिएर जनताले सेवा नपाएपछि मेसिन खरिददेखि त्यसको प्रकृयामा जिल्लाका सरोकारवालाहरुले कतै आर्थिक चलखेल हुन सक्ने अनुमानहरु गर्न थालेका छन् ।
करोडाैको सामान खरिद गरेर ल्याइ उद्घाटन गरेको केहि दिनमै बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा पुग्नु लज्जास्पद भएको सरोकारवालाको भनाइ छ ।
सिटी स्क्यान गर्न जाने सेवाग्राहीहरुले सेवा नपाएको र उक्त सेवा लिन निजि क्लिनकमा र जिल्लाबाहिर जानुपर्ने बाध्यता सुरु भएको छ । १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन जडान भइ सन्चालनमा आएको केहि दिनमै यस्तो समस्या आएको सेवा लिन जाने सेवाग्राहीको भनाइ छ ।
सिटी स्क्यान मेसिनको उद्घाटन नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उद्याेग बाणिज्य संघका पूर्ब अध्यक्ष चन्द्रराज पन्तले गरेका थिए । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपति प्राडा संगीता भण्डारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिका पूर्वसंयोजक नारायण भुसाल, चिकित्सक, कर्मचारीको उपस्थितिमा पन्तले सिटी स्क्यान मेसिनको उद्घाटन गरेका हुन् ।
करिब ७ करोड लागतमा सेवा सञ्चालन गरिएको थियी । त्यस्तै प्रतिष्ठानको आइसियु सेवा पनि उद्घाटन भएको केहि दिनमै रोकिएको छ । सेवा उद्घाटन गर्ने र त्यसको केहि दिनमै सेवा रोकिनुले प्रतिष्ठानमाथि थप शंका उत्पन्न हुँदै गएको छ । प्रतिष्ठानका कर्मचारीहरुले भने मेसिन नबिग्रिएको दाबी गर्दै पावर सप्लाइको समस्याले सेवा रोकिएको दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण