बेलायतमा एकैदिन कोरोनाबाट १२ सयको मृत्यु, ८३ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२०० को मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले
जानकारी दिएको छ ।
शनिबार थपिएका नयाँ संक्रमितसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख पांच हजार ५७१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २३ हजार २७५ जना नयां संक्रमित थपिएका छन् । नयाँसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ९६ हजार ८८ पुगेको छ ।
केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ ।
हाल यहाँका अस्पतालमा ३४ हजार ७८३ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ८३२ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
८३ लाख भन्दा बढीले लगाए कोरोनाको खोप
बेलायतमा शनिबारसम्म ८३ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८३ लाख ७८ हजार ९४० जनाले खोपको पहिलो डोज लिइसकेका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
जसमध्ये चार लाख ८० हजार ४३२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा हाल फाइजर÷बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।
यसका साथै बेलायतले मोडर्ना खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसके पनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । बेलायतले मोडर्नाको खोप १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन