शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बेगनास–रूपा पम्प स्टोरेज  जलविद्युत् आयोजनालाई ‘ड्रप आउट’ गर्ने तयारी

आइतबार, १८ माघ २०७७, ०६ : ३४
आइतबार, १८ माघ २०७७

काठमाडौं । मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटकोे कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई भने ‘ड्रप आउट’ गर्ने तयारी गरेको छ ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ड्रिम प्रोजेक्टका रूपमा १५० मेगावाटको उक्त आयोजना बनाउने गरी प्रक्रिया अगाडि बढाएका थिए । त्यसका लागि प्राधिकरणले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते सर्वेक्षणको पनि अनुमति लिएको थियो । तर, अहिले त्यस आयोजनालाई अगाडि नबढाउने मनस्थितिमा प्राधिकरण पुगेको छ ।

नेपालका लागि पम्प स्टोरेज जलविद्युत् बिल्कुलै नयाँ प्रविधि हो । प्राधिकरणले पहिलो पम्प स्टोरेज आयोजनाका रूपमा करीब १४ अर्बको लगानीमा बेगनास–रूपा पम्प स्टोरेजलाई विकास गर्न खोजेको थियो । तर, अहिले अध्ययनकै क्रममा उक्त आयोजनालाई छोडेर कुलेखानीमा अर्काे पम्प स्टोरेज बनाउन प्राधिकरण अगाडि बढेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप