बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कट्रिना कैफसँग तुलनाका कारण गरिन् अनेकौं समस्याको सामना, ११ वर्षको संघर्ष पछि पनि ट्याग नहटेपछि दुःखी जरिन खान

आइतबार, १८ माघ २०७७, ०६ : ४६
आइतबार, १८ माघ २०७७

बलिउड नायिका जरिन खानले आफूलाई कट्रिना कैफसँग तुलना गरिदिँदा अत्यधिक समस्याको सामना गर्नुपरेको बताएकी छिन् । ११ वर्ष बलिउडमा संघर्ष गर्दा पनि यो ट्यागले उनको पिछा नछोडेका कारण उनी दुःखी पनि छिन् । 

भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा जरिनले यसबारे खुलेर कुरा गरेकी छिन् । उनले भनेकी छिन्, ‘बलिउडमा प्रवेश गर्नु अघि सबैले मलाई म आफ्नी आमाजस्तो देखिन्छु भन्थे । त्यसपछि यहाँ आएपछि मलाई थाहा भयो कि म कट्रिनाजस्तो पनि देखिन्छु र यो बलिउडमा मेरो एकमात्र पहिचान बनेको छ ।’

 उनले थपिन्, ‘मानिसहरुलाई मेरो बारेमा आफ्नो धारणा बनाउने मौका नै दिइएन किनभने वीरको रिलिज अघि नै मानिसहरुको दिमागमा कट्रिना एंगल बसिसकेको थियो ।’

कट्रिना कैफसँग तुलना गरिएका कारण उनले आफ्नो करियरमा अत्यधिक समस्याको सामना गर्नुपर्ने स्विकारेकी छिन् । 

‘मेरो अनुहार युनिभर्सल छ’

जरिनले भनिन्, ‘मानिसहरु आफ्नो पहिचान बनाउनका लागि इन्डष्ट्रिमा आएका हुन्छन् अरुजस्तो बन्नका लागि होइन । मैले ११ वर्षसम्म बलिउडमा आफ्नो पहिचान बनाउनका लागि संघर्ष गरेँ तर आज पनि मलाई बलिउडमा कट्रिनाजस्तो देखिने नायिकाको रुपमा ट्याग गरिन्छ । यदि म यो क्षेत्रमा नहुँदो हुँ त मलाई यो सुनेर निकै खुसी लाग्थ्यो किनभने उनी निकै सुन्दर छिन् ।’

जरिनका अनुसार उनको रुपलाई कट्रिना कैफसँग मात्रै नभई अन्य कलाकारसँग पनि तुलना गरिएको छ । उनी भन्छिन्, ‘कतिले मलाई म पूजा भट्ट जस्तो देखिन्छु भन्छन् कतिले प्रीति जिन्टाजस्तो  पनि भन्छन् । कतिले त म सनी लियोनको डुप्लिकेट पनि हो भन्छन् । मलाई लाग्छ कि मेरो अनुहार युनिभर्सल छ, मेरो अनुहार धेरै मानिसहरुसँग मेल खान्छ ।’

यसबारे उनले सबैलाई प्रश्न सोधिन्, ‘मैले यो बुझ्न सकिनँ कि मानिसहरुले मलाई जरिन खानजस्तो किन देखेनन् ?’

डेप्लिकेटसँग कसैले काम गर्न चाहँदैनः

जरिनले भनिन्, ‘स्नेहा उल्लाल, जसलाई सलमान खानले फिल्म लकीमा ल्याएका थिए । उनलाई त्यतिबेला ऐश्वर्याको डुप्लिकेट बताइँदै थियो र यसले उनको करियर बर्बाद गरिदिएको थियो । अमिषा पटेललाई अमृता सिंहसँग मिल्दोजुल्दो बताइएको थियो र हरमन बावेजालाई ऋतिक रोशनको डुप्लिकेटको ट्याग दिइएको थियो । बलिउडमा कोही पनि कसैको डुप्लीकेट बन्न चाहँदैन र फिल्म निर्माता पनि डुप्लीकेटसँग काम गर्न चाहँदैनन् ।’

सन् २०१० मा गरिन् करियरको सुरुवातः

जरिनले सन् २०१० मा फिल्म ‘वीर’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म वीरमा सलमान खानको अपोजिटमा काम गरेकी थिइन् र त्यतिबेला यो फिल्म सुपरहिट फिल्ममध्येको एक थियो । पछि उनले हेट स्टोरी थ्री, हाउसफूल टु, अक्सार टु र वजह तुम हो जस्ता फिल्ममा काम गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप