किस्ता नलिने लाभग्राही सूचीबाट ‘आउट’
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यतालिकाअनुसरा किस्ता नलिने तथा सम्झौता नगर्ने भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउने भएको छ । प्राधिकरणले निजी आवास पुनर्निर्माण लाभग्रहीमा समावे भूकम्पपीडितलाई पहिलो लिने अवधि गत १५ पुससम्म तोकेको थियो । त्यसअवधिसम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउन लागेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत पुस १५ सम्म पहिलो किस्ता नलिनेलाई सूचीबाट हटाउने बताएका छन् । अन्तिम पटकका लागि भनेर तोकिएको समय भएको भन्दै अब म्याद नथप्ने उनले प्रष्ट पारे ।
यसअघि लाभग्राहीमा कायम भइ हालसम्म अनुदान सम्झौता नगरेका र पहिलो किस्ता नलिएका निजी आवास पुनर्निर्माण गर्न इच्छुकले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट निर्णय गराइ १५ पुससम्म पहिलो किस्ता लिइसक्नुपर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
प्राधिकरणले २०७७ माघ मसान्तत्रि पहिलो किस्ता लिएका सबै लाभग्राहीले दोस्रो किस्ताका लागि स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिइसक्नुपर्ने जनाएको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण