शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

आइतबार, १८ माघ २०७७, ०७ : १२
आइतबार, १८ माघ २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । 

लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन । 

बिक्रेताले निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पट्रोलियम पदार्थ विक्रेताको कमिसन बढाएको हो । 

यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप