परराष्ट्रमन्त्रीको प्रश्नः बालुवाटार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि हो र ?
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक समाजका प्रतिनिधिहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको स्पष्टिकरण दिएका छन् ।
उनले भने, ‘मैले त्यो कार्यक्रमको थ्रुआउट भिडियो हेरेँ । प्रहरीले भनिरहेको छ, तपाईंहरु दिनभरि आन्दोलन गर्नुस्, जुनसुकै नारा लगाउनुस्, हामीलाई आपत्ति छैन तर कृपया निषेधित क्षेत्र नाघेर अगाडि नबढ्नुहोस् । राज्यले यति भन्न पाउँदैन ?’
‘फेरि बालुवाटार, शीतलनिवास र सिंहदरवार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि मात्र हो र ?,’ उनले प्रश्न गरे, ‘नागरिक समाजको आन्दोलन भन्नेबित्तिकै हामी भद्र, मर्यादित, संयमित रअरुका लागि पनि एक किसिमको मान स्थापित गर्ने खालको बुझ्छौँ । निषेधित क्षेत्र नै तोड्नुपर्ने खालको परिस्थिति सिर्जना भएको थियो र ?’
उनले आन्दोलनमा भएका अधिकांशलाई चिन्ने बताउँदै उनीहरुलाई परेको असुविधाले आफूलाई पनि दुख्ने बताउँदै राज्यको कानुन हातमा लिन हामीले कसैलाई उक्सान नहुने जिकिर गरे ।
‘हुन त केही मान्छेलाई अहिले पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि केपी ओली खराब लागेको छ । त्यो दृष्टिकोणसँग कुनै बहस गर्नु छैन । विचारसँग बहस गर्न सकिन्छ, आग्रहसँग सकिन्न,’ उनले भने ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण