माइनस १४ डिग्रीमा नियमित पठनपाठन
आइतबार, १८ माघ २०७७, १४ : ५०
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् ।
विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यवस्थासमेत गरिएको छ । लिमीका सुनखानी र भृकुटी प्राथमिक विद्यालयमा निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ । हाल लिमीमा चिसो बढेसँगै तापक्रम माइनस १४ डिग्री पुगेको सुनखानी प्राविका शिक्षक कुन्जोक तामाङले बताए । यी दुई विद्यालयमा कक्षा ६ सम्म पठनपाठन हुने गर्छ । शिक्षकको पारिश्रमिकको व्यवस्था भने एक अमेरिकी नागरिकले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण