बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरेन्द्रनगरमा लागु औषधसहित दुई पक्राउ

आइतबार, १८ माघ २०७७, १५ : २०
आइतबार, १८ माघ २०७७

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । वीरेन्द्रनगर–४ स्थित एकता टोलबाट बाँके जिल्लाको खजुरा गाउँपालिका–८ घर भएका २८ वर्षीय सदाम खाँ रसब्बीर खाँनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनीहरुले आफ्नो कोठाबाटै लागु औषध कारोबार गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध व्यूरो शाखा कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए   । 

डिएसपी घर्तीका अनुसार ३६० ग्राम लागु औषध ब्राउनसुगर बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप