कर्णाली प्रदेश सभाले दोस्रो वार्षिकोत्सव मनाउँदै
आइतबार, १८ माघ २०७७, १५ : ५९
कर्णाली प्रदेश सभाले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । आगामी माघ २१ गते तेस्रो वार्षिकोत्सव मनाउन लागिएको प्रदेश सभा सचिवालयले जनाएको छ । कर्णाली प्रदेशको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो ।
प्रदेश प्रमुख गोविन्द कलौनीको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विषेश आतिथ्यतामा वार्षिकात्सव मनाइने संसद् सचिवालयले जनाएको छ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशसभाको तेस्रो वार्षिकोत्सव विशेष समारोहका बीच मनाउन लागिएको बताए । उनले भने, ‘कर्णाली प्रदेशका लागि यो निकै महत्त्वपूर्ण दिन हो ।’
यसैबीच संसद् सचिवालयले यस अवसरमा मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको आयोजना समेत गरेको सचिव जीवराज बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण