कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु
सुर्खेत । कर्णालीमा कोरोना भाइरस कोभिड–१९ बाट थप एक पुरुषको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखको गुराँस गाउँपालिका वडा नं. ५ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यही माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनलाई उच्च रक्तचापको समस्या रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आवश्यक उपचार गरिएको भएपनि सुधार नभई मृत्यु भएको बताए । मृतकको शव व्यवस्थापन भइसकेको छ । योसहित कर्णालीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
महाशाखाका अनुसार अहिलेसम्म सुर्खेतमा १६, दैलेखमा ७, सल्यान, रुकुम पश्चिम, कालिकोट र डोल्पाका एक÷एक जना र अन्य प्रदेशका तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय १३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण