द नेक्स्ट फेस लुम्बिनीको उपाधि अभ्यूदय र ममतालाई
बुटवल । बुटवलमा आयोजित ट्यालेन्ट शो, द नेक्स्ट फेस लुम्बिनी २०२१ को उपाधि अभ्यूदय ढकाल जितेका छन् । महिलातर्फ बुटवलकै ममता रानाले सो उपाधी हात पार्न सफल भएकी छन्। एक महिनादेखि जारी प्रतियोगिताको शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट अन्य २५ जना प्रतियोगिहरुलाई पछि पार्दै मिस्टरतर्फ ढकाल र मिसतर्फ राना जित्न सफल भएकी हुन् । स्टाइल क्रियशनको आयोजनामा सम्पन्न सो प्रतियोगितामा ढकाल र रानाले उपाधिसँगै जनही १५ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजक शाहिर केसीले बताए ।
साथै उनीहरुले २ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेको आयोजक केसीले बताए । उनीहरुलाई मोडलिङका लागि सो अवसर बुटवलस्थित स्वाभिमान क्रियशनले दिने उक्त संस्थाका निर्देशक तथा मोडल राजु महोत्राले बताए।
विभिन्न प्रस्तुतीसँगै तपाईंले यो प्रतियोगिता जित्नु भयो भने सबैभन्दा पहिले कस्लाई सम्झनु हुन्छ र किन ? भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट उत्तर दिएर विजयी बनेका ढकालले विजेतासँगै भ्यूअर्स च्वाइस र मिस्टर मल्टीमिडिया उपाधि पनि जितेर ह्याट्रिक गर्न सफल भएका छन्। मिसतर्फ इशिका सुबेदीले भ्यूअर्स च्वाइसको उपाधि जितेकी छन् ।
प्रतियोगितामा मिसतर्फ फ्रस्ट रनर अपको उपाधी उमा पौडेल र मिस्टरतर्फ प्रविन रसाइलीले जितेका छन् भने मिसतर्फ हेमा भट्टराई र मिस्टरतर्फ रोहन खत्रीले सेकण्ड रनरअपको उपाधि जितेका छन् । कल्पना गिरी र विशाल सुनारले कोरियोग्राफर च्वाइसको उपाधि प्राप्त गरेका छन्। बिनिता भण्डारी र इशिका सुबेदीले अर्गनाइजर च्वाइसको उपाधि जितेका छन् ।
बुटवल उपमहानगरपालिका उपप्रमखु गोमादेवी आचार्यले प्रतियोगिताको उद्घाटन गर्दै सौन्दर्य प्रतियोगिताहरुलाई ट्यालेन्ट शोका रुपमा परिमार्जित गर्दै मुलुकको पर्यटन बिकास र समद्धिको सम्बाहकका रुपमा प्रयोग गर्नुपर्ने धारणा ब्यक्त गरेकी थिईन् । मिस नेपाल अर्थ २०१८ कि बिजेता प्रिया सिग्देल मुख्य निर्णायक रहेको सो प्रतियोगिताका निर्णायकहरुमा म्यूजिक डाइरेक्टर नारायण शर्मा, फेशन डिजाइनर अनुपमा श्रेष्ठ, मोडल तथा कोरियोग्राफर प्रशान्त शाह, डान्सर तथा मोडल शिवा क्षेत्री, द रन वे –२०१८ अञ्जली नेपाली, मिस्टर पश्चिमाञ्चल–२०१९ विशाल मगर रहेका थिए।
कोरियोग्राफरको भूमिका सुजित बस्याल र पूजा क्षेत्रीले निर्वाह गरेका थिए भने कोरियोग्राफर रेशम न्यौपानेले कार्यक्रम सञ्चालका भुमिका निर्वाह गरेका थिए। कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
यस्तै मिस्टरतर्फ बिजेता अभ्यूदय ढकाललाई रिपोर्ट्स् क्लव लुम्बिनीले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ । क्लवका सल्लाहकार हरिश ढकाल र बरिष्ठ सदस्य मिना ढकालका सन्तान अभ्यूदयलाई नेपाली काँग्रेसका नेता पूर्व संचारमन्त्री मिनेन्द्र रिजालले सम्मान गरेका थिए । अभ्यूदय पत्रकार दम्पति हरिश ढकाल र मिना ढकालका जेष्ठ सन्तान हुन् ।
सो अवसरमा उपाधि विजेता ढकालले आफ्नो अध्ययन र समाजसेवालाई सँगै अघि बढाउने उद्देश्यका साथ प्रतियोगितामा सहभागी भएको बताए । कम्प्यूटर ईन्जिनियरिङ्ग अध्ययनरत ढकालले भविष्यमा कलाकारीताको माध्यमबाट देशलाई चिनाउने र समाजको सेवा गर्ने उद्देश्य रहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण