प्रतिनिधिसभा विघटन मुद्दा: सोमबारबाट सरकारी पक्षले बहस गर्ने
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा ४ माघदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।
हिजो आइतबार निवेदकतर्फका कानुन व्यवसायी गोपाल पाण्डे, खडानन्द कँडेल, खीमानन्द अधिकारी, कलमबहादुर खत्री, यदुनाथ खनाल, अमिता गौतम पौडेल, क्रितिनाथ शर्मा पौडेल र लोकेन्द्र ओलीले बहस गरे ।
आइतबार निवेदकको बहस सकिएकाले सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ । विघटनको निर्णयलाई सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्नेछन् । त्यस्तै सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यस्तै एमिकस क्युरीका तर्फबाट पाँच जना सदस्यले आफ्नो राय प्रस्तुत गर्नेछन् ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । राष्ट्रपति विधादेवी भण्डारीले केही घण्टामै अनुमोदन गरेकी थिइन् । विघटनविरुद्ध १३ थान निवेदन सर्वोच्चमा पुगेका छन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण