वनमन्त्री र सचिवबीच टकराव
सोमबार, १९ माघ २०७७, ०७ : ०७
काठमाडौँ । नियुक्त भएको डेढ महिना नबित्दै वनमन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीबीच टकराव सुरु भएको छ ।
वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत विषयमा मन्त्री र सचिवबीच द्वन्द्व सुरु भएको हो ।
मन्त्री आलेले बिहीबार पत्रकार सम्मेलन गरी वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजीको घोषणा गरेका थिए ।
वन सचिव ओली, मन्त्रालयका प्रवक्ता प्रकाश लम्साललगायत उच्च कर्मचारीहरुले सो सम्मेलनमा बहिष्कार गरेका थिए ।
मन्त्री आलेले पत्रकार सम्मेलन गरिरहेका बेला ओली आफ्नै कार्यकक्षमा थिए । यसैगरी प्रवक्ता लम्साललगायत अन्य उच्च अधिकारी पनि आफ्नै कार्यकक्षमा थिए । कार्यक्रममा मन्त्रीका राजनीतिक सल्लाहकार सोमबहादुर थापाले सञ्चालन गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण