बहुदलपछि पहिलो पटक सरकार पनि सडकमा : ओलीले नारायणहिटी नै किन रोजे ?
बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो ।
सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले आउँदै २३ गते महेन्द्रको सालिकतिर फर्किदै भाषण गर्दैछन् ।
संग्राहलय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला र दरबारिया र राजतन्त्रलाई माया गर्नेहरुका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । प्रम ओलीले त्यही नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ?
नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मरिपेक्षता र गणतन्त्रको उपलब्धिविरुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिलास्वरुप उक्त ठाउँ चयन गरिएको हुन सक्ने भन्दै त्यसले आफू अचम्ममा परेको बताए । ‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई छ । उनको मनमा के–कस्तो कुरा छ, ओली आफै जानून् तर राममन्दिर, पशुपतिदेखि नारायाण्हिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय हुन्,’ पाण्डेले भने ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण