राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव
काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्तज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।
छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मात्रै निर्वाचनमा जान आयोगलाई सुझाए ।
त्यस्तै उनले आयोगलाई निर्वाचनको तयारीका सन्दर्भमा कुनै पनि राजनीतिक दलले असहयोग गर्न नहुनेमा जोड दिए ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुँदासम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दलले पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण