बेलायतमा कोरोनाबाट एकैदिन १४४९ को मृत्यु
लन्डन । बेलायतमा विगत दुई दिनदेखि कमी हुँदै आएको कोरोना संक्रमितका मृतकको संख्या मंगलबार झन्डै तीन गुणा बढी पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार मंगलबार थप १४ सय ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन सोमबार ४३७ को मृत्यु भएको थियो भने आइतबार ५८७ जनाको मृत्यु भएको थियो ।
अघिल्ला दुई दिनको तुलनामा मृतक संख्यामा तीन गुणा बढीले वृद्दि भएको हो । पछिल्लो एकसाताभित्र सात हजार ८५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नाघेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १६ हजार ८४० जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन सोमबार संक्रमित संख्या १८ हजार भन्दा बढी थिए । नयाँ थपिएसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ५२ हजार ६२३ पुगेको छ । गएको एकसातामा मात्र एक लाख ६२ हजार ८७७ जना संक्रमित थपिएका हुन् ।
केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । हाल यहाँका अस्पतालमा ३२ हजार ४६६ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ७२६ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
एक करोड डोज भन्दा बढी खोप वितरण
मंगलबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एक करोडभन्दा बढो डोज खोप वितरण गरिसकिएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारीअनुसार हालसम्म ९६ लाख ४६ हजार ७१५ जनाले खोपको पहिलो डोज लिएका छन् ।
जसमध्ये चार लाख ९६ हजार ७९६ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हाल फाइजर(बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण