कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल
काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले कमलपोखरीलाई संरक्षण र सुन्दर राख्ने उद्देश्यका साथ यहाँका संरचना भत्काइएको स्पष्ट पार्नुभयो । अतिक्रमणमा परेको कमलपोखरी जोगाउने प्रयास २०४३ सालमै गुठी संस्थानले सुरु गरेको थियो । संस्थानका प्रवक्ता सरोज थपलियाले भने, “कमलपोखरीको किनार मिचेर बनाएका घरटहरा हटाउने सम्बन्धमा तत्कालीन राजा वीरेन्द्रबाट हुकुम प्रमाङ्गी भएको थियो । सोहीअनुसार राजाका प्रमुख सचिव रञ्जनराज खनालले सरकारका मुख्य सचिव कर्णध्वज अधिकारीलाई तीन महिनाभित्र कारबाही सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । अहिलेसम्म केही भएन । ”
सरकारका तत्कालीन मुख्य सचिव अधिकारीले अवकाश हुनुअघि कमलपोखरीको जग्गा व्यक्तिलाई दर्ता गराउन सहयोग गर्ने कर्मचारीलाई कारबाही गर्न दिएको निर्देशन अहिले पनि गुठी संस्थानसँग सुरक्षित छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण