नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?
नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।
बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३ जना भक्तपुरमा र ८ जना ललितपुरमा छन्।
एक सातादेखि नयाँ संक्रमणदर हवात्तै घट्दै गएको तथ्यांकले औंल्याए पनि घटेकै हो या हैन भन्ने बलियो आधार नभएको विज्ञहरूको भनाइ छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार परीक्षणको संंख्या कम भएको अवस्थामा कम संक्रमण दर देखिएकोले नियन्त्रण भएको या हैन भन्ने यकिन छैन। डा. पौडेलका अनुसार परीक्षण संख्या बढाएर थप दुई साताको स्थिति हेरेपछि मात्र कोरोना नियन्त्रण भएको या हैन भन्न सकिन्छ। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण