अष्टलक्ष्मी शाक्य पक्राउ परेपछि रामकुमारी झाँक्री : हामी मैदानमै छौँ
नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले नेत्री अष्टलक्ष्मी शाक्य पक्राउको चर्को विरोध गरेकी छिन् । शाक्यलगायतलाई कलंकीबाट पक्राउ गरेर महाराजगन्ज गणमा राखिएको छ ।
झाँक्रीले केपी शर्मा ओलीको तानशाहको दिनगन्ती सुरु भएको भन्दै उनी हिँडेको बाटो छिट्टै ढल्ने टिप्पणी गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘प्रतिगमनविरुद्ध उठौँ र जागौँ, एक धक्का अरू दिऔं । लोकतन्त्रको रक्षा गर्न, संविधानलाई सही ट्रयाकमा ल्याउन, संसद पुनःस्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔ ।’
उनले अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ गरेपनि उनीप्रति सम्मान व्यक्त गर्दै आफूहरु मैदानमै रहेको र आन्दोलन सफल पारिछाड्ने बताएकी छिन् ।
खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू भएका छन।
— Ram kumari Jhakri (@Jhakri_didi) February 4, 2021
उल्टो बाटो हिडेको तानाशाह गर्ल्याम गुर्लुम छिटै ढल्ने छ।
प्रतिगमन बिरुद्द उठौँ र जागौँ, एक धक्का अरू दिऔं।
संबिधान र लोकतन्त्रको रक्षा लागि संसद पुन: स्थापना गर्न छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔं। pic.twitter.com/wsPaGyTkhK
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण