मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व : डिआईजी धानुक

बिहीबार, २२ माघ २०७७, १५ : ५७
बिहीबार, २२ माघ २०७७

 लुम्बिनी प्रदेशका डिआइजी रवीन्द्रबहादुर धानुकले शान्तिसुरक्षा कायम गर्न राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन चकिएपछि प्रहरी ‘अलर्ट’ बनेको छ । 

नेपाल प्रहरी घोराहीको ३६ औ वार्षिकोत्सव समारोहमा बोल्दै डिआइजी धानुकले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् । 

अपराध अनुसन्धानदेखि  नियन्त्रणसम्म प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले जनताको ज्यूधनको सुरक्षाका लागि प्रहरी आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने उनले बताए ।

 शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै पनि बहानामा सम्झौता नहुने भन्दै धानुकले पछिल्लो मुलुकको परिस्थिति अनुसार सुरक्षालाइ चुस्तदुरुस्त राख्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।  सुरक्षा कायम गर्न प्रहरीबाट कुनै कमजोरी हुन नहुने बताउँदै उनले नागरिक र प्रहरी मिलेमा नै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकिने धारणा राखे । 

 कार्यक्रममा प्रदेश र जिल्लाका सुरक्षा अधिकारी प्रमुखहरुसहित विद्यालयका अभिभावकहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप