बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ-सुर्खेत उडानमा लागि श्री एयरलाइन्सले पायो अनुमति

शुक्रबार, २३ माघ २०७७, १४ : २५
शुक्रबार, २३ माघ २०७७

सुर्खेत । काठमाडौँ देखि सुर्खेत परीक्षण उडानमा लागि  निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अनुमति पाएको  छ।  उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति पाएको हो  । 
क्यानको अनुमतिपछि श्रीले यसै साता टर्बोप्रोप ‘क्यू ४००’ जहाजमार्फत सुर्खेत परीक्षण उडान गर्ने योजना रहेको बताइएको छ । 

कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने, ‘सुर्खेतलाई हवाई यातायातबाट थप बलियोसँग जोड्ने उद्देश्यले उडान गर्ने  योजना बनाईएको हो ।’ 
क्यानबाट परीक्षण उडान अनुमति पाइसकेकाले आउँदो शनिबार सम्म परीक्षण उडान हुन सक्छ,’ उनले भने  । 

श्री एअरले अनुमति पापछि कर्णालीबासीले सुर्खेत –काठमाडौं उडानमा सस्तो मुल्यदरमा हवाईयात्रा गर्न बाटो खुलेको छ । 
नेपाल एअर बिजनेस गू्रज सुर्खेतका निर्देशन निर्मल केसी भन्छन्–‘लामो समय देखिको कर्णालीबासिहरुको अथक प्रयासले सार्थकता पाउने विश्वास छ ।’ 
केसीका अनुसार श्री एअरले सुर्खेत नियमित उडान गर्ने योजना छ । 

करिब चार वर्ष अघिबाट व्यावसायिक उडान शुरु गरेको श्री एअरले सिआरजे २०० र सिआरजे ७०० जेट इञ्जिनका साथै दुईवटा क्यु ४०० सिरीजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप