जुवाको खालबाट झण्डै सवा २ लाखसहित ७ जुवाडे पक्राउ
घोराही । दाङमा झण्डै सवा २ लाख रकमसहित सात जना जुवाडेलाइ जुवाको खालबाट दाङ प्रहरिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिए । एसपी चन्दले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टोलीले जुवाडेलाई पक्राउ गरिएको बताए ।
जुवाको खालबाट पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले बताए ।
प्रहरीले पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । डिएसपी रिजालले जुवामा पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार कारबाही हुने जानकारी दिए । पक्राउ परेका केही जुवाडेहरु पटके र विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको हुन सक्ने भएकाले घटनाको त्यतातर्फ अनुसन्धान हुने प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण