सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय जुलोजिकल सेमिनार सुरु

शुक्रबार, २३ माघ २०७७, १८ : ५७
शुक्रबार, २३ माघ २०७७

माघ । लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले विज्ञान र प्रविधिको विकास विना समाजवादको कल्पना समेत हुन नसक्ने बताएका छन् ।

नेपाल जुलोजिकल सोसाइटीले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय जुलोजिकल सेमिनारको शुक्रवार उद्घाटन गर्दै मन्त्री बरालले बास्तविक समाजवादका लागि बैज्ञानिक आधार अवस्यक रहेको बताए ।

लुम्बिनी प्रदेशले तयार गर्ने नीति तथा कार्यक्रममा विज्ञान र प्रविधिलाई ध्यानमा राखेर गर्ने गरेको उनले बताए । प्रदेश भित्र स्नातकोत्तर तहको शिक्षालय स्थापनाका लागि पहल भइरहेको बताए ।

विकासका लागि प्रविधियुक्त जनशक्तिको आवश्यक हुने भन्दै मन्त्री बरालले त्यसतर्फ उन्मुख हुनुपर्ने बताए । ‘जुन सुकै व्यवस्था आए पनि प्रविधियुक्त जनशक्ति अवस्यक हुन्छ । अझ समाजवादका लागि त अपरिहार्य नै हो,’ उनले भने ।

दुई दिने सेमिनार उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले बौद्ध विश्वविदालयले विज्ञान भन्दा पर रहेर ज्ञान प्रदानमा जुटेको बताए । 

उनले विज्ञान र प्रविधिको विकास अनुसन्धान मार्फत आउने परिणामले देखाउने समेत बताए । जुलोजिकल सेमिनारका संयोजक केशव महतको स्वागत, सदस्य बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा एन प्याव्सन रुपन्देहीका अध्यक्ष देउ प्रकास राई,

सेमिनारमा सर्प सम्वन्धमा कमल देवकोटा, भ्यागुता सम्वन्धि पित बहादुर नेपालीलगाएतले कार्यपत्र प्रस्तुत गरेका थिए । 

भोलिसम्म चल्ने  सेमिनारमा लुम्बिनी प्रदेशमा रहेका प्राणि र प्राणी जगतको अवस्था, चूनौति र सम्भवानको विषयमा लिन सक्ने लाभको निचोड सहित निकानिले नेपाल जोलोजिकल सोसाइटीका अध्यक्ष प्रा.डा.महेन्द्र महर्जनले बताए।यस्तै कोरोना पनि प्राणिबाटशुरुबाट त्यसको अहिलेसम्म अनुमानले देखाएकोले त्यससम्वन्धी जानकारहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यस्तै नेपाल जोलोजिकल सोसाइटीले भोलि प्रदेशस्तरको कमिठि पनि गठन गर्ने छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप