सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बसन्तको ‘ज्यानै फाल्नु पहिले’मा राजेश र रीमा

शनिबार, २४ माघ २०७७, ०९ : २३
शनिबार, २४ माघ २०७७

काठमाडौँ । गायक तथा संगीतकार हरि लम्सालको स्वर रहेको सन्देश मुलक गीत ‘ज्यानै फाल्नु पहिले’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । अकालमै ज्यान फाल्ने वा फाल्न चाहने प्रति समर्पित गर्दै लम्सालले यो गीत बनाएका हुन् । 

गीतले आत्महत्या गर्नु अघि तेस्ले आफ्ना नजिककाहरुमा ल्याउने परिणाम सोच्न आग्रह गरेको छ ।

गीतमा शब्द, संगीत बसन्त लम्सालको रहेको छ, भने किरण कडेलले यसमा संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा अभिनेता राजेश हमाल, रीमा बिश्वकर्माको साथमा बालकलाकार श्रीवानी थापाको अभिनय देख्न सकिन्छ । 

बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप