बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

चीनकी अभिनेत्री लिउको कस्मेटिक सर्जरीबाट भयो यस्तो हालत, ६१ हजार डलरको नोक्सान

शनिबार, २४ माघ २०७७, ११ : २९
शनिबार, २४ माघ २०७७

एजेन्सी । चिनियाँ अभिनेत्री तथा गायिका गाओ लिउको कस्मेटिक सर्जरीका कारण नाकमा समस्या आएको छ । 

केही समयअगाडि नाकको कस्मेटिक सर्जरी गरेपछि आफ्नो तस्बिर सेयर गर्दै यसले नोक्सान पुर्याउने बताएकी छिन् । 

उनको कस्मेटिक सर्जरीका कारण नाकमा लागेको दागको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

उनले दक्षिणी चीनको गुआंग्डोंग प्रान्तमा रहेको ग्वांगझोउ शहरमा नाकको सर्जरी गराएकी थिइन् । जसको कारण उनको नाकमा नोक्सान पुगेको छ । 

उनको नाकमा टिश्युले नोक्सान पुगेको हो । यसका कारण उनको दुईवटा प्रोजेक्टबाट पनि हात झिक्नुपरेको छ । 

उनले करिब ६१ हजार ८०० डलरको नोक्सान समेत व्यहोरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप