सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामाज रुपान्तरणको अभियानलाई अझै सक्रिय बन्नुपर्छ : उपसभामुख थारु

शनिबार, २४ माघ २०७७, १८ : ४४
शनिबार, २४ माघ २०७७

बुटवल । लुम्बिनी प्रदेश सभाका उपसभामुख कृष्णी कुमारी थारुले सामाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनु अहिलेको आवस्यकता रहेको बताएकी छन् ।

सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिलाबीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने धारणा राखेकी हुन् ।

महिलाहरु आर्थिक आत्मनिर्भर नहुँदासम्म सधैँ पछाडि पर्ने बताउँदै  अब उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी रहनु पर्ने उनको भनाई थियो ।

आफु कम्लहरी हुँदा धेरै पिडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तीको आन्दोलनको नेतृत्व गर्दै प्रदेश सभाको यात्रा तय गरेको अनुभव सुनाउदै उनले संघर्षबाट पाठ सिकेर अगाडि बढेको  बताइन् । प्रदेश सभाबाट लैङ्गिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता  समेत जनाइन् ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दा समेत लैङ्गिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाईनन् ।उनले नेतृत्व तहमा रहेका महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक हुन नसकेको बताइन् ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्माले पितृसतात्मक सोंच र व्यवहारका कारण सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले समस्या भोग्नु परेकाले सबै मिलेर सशक्त ढंगले आवज उठाउनुपर्ने बताइन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप