लकडाउनका कारण बढ्यो पाठेघरको क्यान्सरको समस्या
काठमाडौंँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गरिएको बन्दाबन्दीले महिलामा हुने पाठेघर क्यान्सरको समस्या बढाएको छ । कोरोना सर्ने डर तथा बन्दाबन्दीका कारण अस्पताल जान नपाएर पाठेघरमा सामान्य समस्या भएको महिलामा अहिले क्यान्सर रोग भइसकेको स्त्री तथा क्यान्सर रोग विशेषज्ञहरूले जनाएका छन् ।
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बन्दाबन्दीका कारण धेरै महिलामा पाठेघरको मुखको क्यान्सर भएको जानकारी दिइन् । “समयमा उपचार गरे क्यान्सरसम्म पुग्नुपर्ने अवस्था थिएन,” उनले भनिन्, “सामान्य लक्षण देखिएकाहरूमा पनि बन्दाबन्दीका कारण अहिले उपचारका लागि अस्पताल आउँदा रोग फैलिएर क्यान्सरसम्म भएको छ ।” आफूकहाँ आएका बिरामीमध्ये छ जनामा दुई जनालाई क्यान्सर भएको डा. सुवेदीले बताइन् ।
उनले पाठेघरको मुखको क्यान्सर अहिले ठूलै समस्याका रूपमा आएको हुनाले यससम्बन्धी जनचेतनाको आवश्यकता आँैल्याइन् । यता धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ सुनिला शाक्यले बन्दाबन्दीका कारण पाठेघरका क्यान्सर रोगी बढेको तर यकिन तथ्याङ्क भने नभएको जानकारी दिइन् । उनले बन्दाबन्दी खुकुलो भएपछि अस्पतालमा आएका बिरामीलाई क्यान्सरको लक्षणले छोइसकेको जानकारी दिइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण