श्री एयरलाइन्सले सुर्खेतमा थाल्यो परीक्षण उडान
सुर्खेत । सोमबारदेखि निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत विमानस्थमा परीक्षण उडान सुरु गरेको छ । सोमबार बिहान एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजद्वारा उडान परीक्षण गरेको हो ।
बिहान १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले बताए ।
पाईलट डिएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो । अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्ने बारे एयरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने पन्थीले बताए ।
उनका अनुसार २० देखि २२ डिग्रीसेल्सियस टेम्प्रेचरसम्म क्षमता अनुसारको लोड ल्याउन सकिन्छ भनेर पाइलटले जानकारी गराएका छन् ।
श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुनियाँको कुनै ताकतले इरानबाट स्ट्रेट अफ होर्मुज खोस्न सक्दैन’
-
भारतका अतिरिक्त विदेश सचिव र नेपालका परराष्ट्र सचिवबीच भेटवार्ता
-
नयाँ कर नीति: के-के भए सस्तो, कुन-कुन कुरामा थपियो शुल्क?
-
कर्णालीमा एमालेको बटमलाइन– सकेसम्म यही गठबन्धन जोगाउने, सम्भव नदेखिएमात्र विकल्प खोज्ने
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण