भारतका अतिरिक्त विदेश सचिव र नेपालका परराष्ट्र सचिवबीच भेटवार्ता
सारांश
- भारतका अतिरिक्त विदेश सचिव मुनु महावर र नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईबीच शिष्टाचार भेटवार्ता भएको छ।
- भेटमा द्विपक्षीय सहयोग परियोजनाहरूको प्रगति समीक्षा र साझा एजेन्डालाई अघि बढाउने विषयमा छलफल भएको छ।
- दुवै पक्षले मैत्रीपूर्ण सम्बन्ध, साझेदारी र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं, । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका अतिरिक्त सचिव महावरले परराष्ट्र मन्त्रालयमा पुगेर सचिव राईसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई देशबीच सञ्चालनमा रहेका द्विपक्षीय सहयोग परियोजनाहरूको प्रगति समीक्षा गर्नुका साथै प्राथमिकतामा रहेका क्षेत्रहरूमा साझा एजेन्डालाई अघि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपाल–भारतबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने, संस्थागत सहकार्यलाई अझ प्रगाढ बनाउने तथा उच्चस्तरीय संलग्नताको निरन्तरता कायम राख्ने उपायबारे पनि दुवै पक्षबीच विचारविमर्श भएको थियो।
दुवै पक्षले आगामी दिनमा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ।
यसअघि भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण तय भए पनि उक्त भ्रमण स्थगित भएको थियो। अहिले भारतबाट हुने आगामी उच्चस्तरीय भ्रमणबारे पनि छलफल भएको स्रोतले जनाएको छ।
नेपाल भ्रमणका क्रममा अतिरिक्त सचिव महावरले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
-
अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार
-
सुकुम्बासीको सामान साढे दुई महिनादेखि दशरथ रंगशालामा अलपत्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदेशहरूमा अहिले सत्ता समीकरण फेर्नु ठिक होइन: प्रकाश बराल
-
आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
-
प्रभासको नयाँ फिल्म ‘फौजी’को प्रदर्शन मिति तय, पोस्टर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण