शैक्षिक हड्तालले पठन-पाठन प्रभावित
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीको शैक्षिक हड्तालले सोमबार दाङसहित साबिक राप्तीका पाँच जिल्लाका शैक्षिक संस्थामा पठन-पाठन प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाको घोराही, तुलसीपुर, लमहीका सरकारी तथा निजि सस्थाहरु बन्द भएको जनाएको छ । बिहानै पढ्न हिँडेका बिद्यार्थिहरु विद्यालय बन्द भएका कारण फर्किएको प्रहरीले बताएको छ ।
रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोध विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे बताएका थिए ।
केसीले आफ्नो संगठनका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीलाई आफ्नै कोठामा बसेर अध्ययन गरिरहेका बेला गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले पक्राउ गरिएका सबैलाई बिना सर्त रिहा गर्न माग गर्दै त्यसो नगरिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण