सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘प्रचण्ड’की नातिनी स्मिताले गाइन् ‘हामी नेपाल कम्युनिष्ट’ गीत

सोमबार, २६ माघ २०७७, १८ : २४
सोमबार, २६ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत ‘हामी नेपाल कम्युनिष्ट पार्टी’ सार्वजनिक भएको छ । गीतमा गायिका दाहाललाई गायक नवीन खड्काले स्वरमा साथ दिएका छन् ।

गीतमा गणतन्त्र र संघीयताको रक्षा गर्न र जनताको मुहार फेर्ने कम्युनिष्ट पार्टी नै भएको चर्चा गरिएको छ । नवीन खड्काको शब्द तथा तिलक ओलीको संगीत रहेको गीतमा तिलककै एरेन्ज रहेको छ ।  गीत भिडियो समेत बनाइएको छ । जसमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम पछिको राजनीतिक पार्टीहरुले गरेको विरोध तथा प्रदर्शनका भिडियोहरु समेटिएको छ । गीतमा जनताको स्वस्थ्य, शिक्षा लगायत हरेक अवश्यकता पुरा गर्ने नेपाल कम्युनिष्ट पार्टी भएको समेत चर्चा गरिएको छ ।  

लोक शैलीमा तयार जलजल टिभी नामक युट्युव च्यानलबाट सार्वजनिक गीतले गणतन्त्र र संघियताको रक्षा गर्न, संविधानलाई जोगाउन प्रतिगमन विरुद्ध सूर्य चिन्ह र हँसिया हथौडासँगै उठ्नका लागि जनता जाग्रित गर्न महत्वपूर्ण भूमिका खेल्ने गायक गायिकाको उदेश्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप