आईटीएफ वर्ल्ड टेनिस टुरमा अभिलाषा क्वाटरफाइनलमा
बुधबार, २८ माघ २०७७, १७ : ०४
काठमाडौं । नेपालकी अभिलाषा विष्ट आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६–१ र ६–१ ले सहजै पराजित गरिन् ।
सातदाबाटोस्थित टेनिस कोर्टमा नेपालका आरभ सम्राट हाडा र अकी जुवेन रावतको जोडीले पुरुष डबल्समा विजयी यात्रालाई जारी राख्दै क्वाटर फाइनलमा स्थान बनाए । उक्त जोडीले फ्रान्सका भेलेन्टिन फाउरे र भारतका युभान नन्दलाललाई ५–७, ६–२ (१०–२) ले हराए ।
महिला डबल्समा भने नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडी प्रि क्वाटरफाइनलमै रोकिए । प्रेरणा र सलोनीको जोडी अमेरिकाकी साइना देशपाण्डे र फिनल्यान्डकी अनाइस फर्नान्देज लाक्सोनेन्सँग ७–६ (७) र ६–४ ले चुके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण