सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
सारांश
- नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।
- सांसद थेबेले सरकारको नीति र कार्यान्वयनका बिच ठुलो खाडल देखिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
- उनले सुकुमबासी समस्या समाधानका नाममा १ हजार ५ सय परिवारलाई विस्थापित गरिएको र महँगीको मारमा परेका जनतालाई कर वृद्धि गरेर थप भार थोपरेको आरोप लगाएका छन् ।
काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थेबेले सरकारको नीति र कार्यान्वयनका बिच ठुलो खाडल देखिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद थेबेले भूमि आयोग, मल व्यवस्थापन र विपद् तयारी जस्ता दशकौँ पुराना समस्या समाधानमा विगतका सरकारहरूको पनि कमजोरी रहेको स्वीकार गरे । तर हाल भइरहेका निर्णय र त्यसबाट सिर्जित परिणामको जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने उनले जिकिर गरे । सांसद थेबेले देशका २१ लाखभन्दा बढी नागरिक अझै पनि औपचारिक भूमि अधिकारबाट वञ्चित रहेको बताए । सरकारले सुकुमबासी समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा बुल्डोजर चलाएर १ हजार ५ सय परिवारलाई विस्थापित गरेको उनले बताए ।
उनले भने, ‘निर्वाचनका समयमा सुकुमबासी हटाउँदैनौँ भन्नेहरू अहिले सरकारमा पुगेपछि मौन छन् । विस्थापित भएका परिवारको पुनर्स्थापनाका लागि सरकारले के गरिरहेको छ ?’
थेबेले २०८२ मङ्सिरमा १.११ प्रतिशत रहेको मुद्रास्फीति ६ महिनामै बढेर २०८३ जेठमा ५.४ प्रतिशत पुगेको जानकारी दिए । जनता महँगीको मारमा परिरहेका बेला सरकारले बिजुली, पेट्रोलियम पदार्थ र राइड सेयरिङ सेवामा कर वृद्धि गरेर थप भार थोपरेको उनको आरोप छ । उनले ६ प्रतिशतको मुद्रास्फीति लक्ष्य कुन आधारमा तय गरिएको भन्दै सरकारलाई प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण