प्रदेश २ : प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला
प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ ।
प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले १६ करोड रुपैयाँ विभिन्न शीर्षकमा भुक्तानीसमेत गरियो । तर, भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमन समेत नगरी विद्यालयबाट कमिसन पाएकै आधारमा निकासा गरिएको कर्मचारी बताउँछन् ।
सीप विकास तथा जनचेतना तालिममा १८ महिने वा सोभन्दा बढीको टीएसएलसी प्रोगामअन्तरगत कम्युटर, कृषि, पशु, स्वास्थ्य लगायत अध्ययन गराउने प्राविधिक विद्यालयले अनुदान पाउनुपर्ने हो । तर, प्राविधिक शिक्षा अध्यापनको स्वीकृतिसमेत प्राप्त नगरेका विद्यालयलाई मनमौजी रकम बाँडिएको सम्बन्धित कर्मचारीले नै जानकारी गराएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण