सञ्चारकर्मी वली १४ दिनदेखि बेपत्ता
दाङ । दाङका एक सञ्चारकर्मी दुई सातादेखि बेपत्ता भएका छन् । घोराहीस्थित रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वली गत माघ १५ गते देखि हराइरहेका हुन् ।
राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली १५ माघमा क्याम्पसबाट आफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्किएपछि उनी अहिलेसम्म सम्पर्कमा नआएको घरपरिवारले जानकारी दिएको छ ।
‘१५ गते छोरा क्याम्पसबाट डेरामा फर्कियो,’ देवेन्द्रका बुवा दोर्णले घोराहीमा पत्रकार सम्मेलन गरेर भने ‘कोठाबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आएन ।’ उनले सबै आफन्त कहाँ छोरा आए नआएको बुझेको तर अहिले सम्म थाहा हुन नसकेको पनि सुनाए । परिवारले उनको खोजी गरिदिनका लागि अपिल गरेको छ । घोराहीमा पत्रकार सम्मेलन गर्दै उनका बुवा दोर्णले प्रहरीबाट पनि खोजीका लागि पूर्ण साथ नपाएको गुनासो गरे ।
क्याम्पसमा अध्ययनरत देवेन्द्रका साथीहरुबाट अपहरण भएको हुन सक्ने आशंका गरेको परिवारले ती केहि साथी विरुद्ध जाहेरी दिने तयारीमा परिवार छ । माघ १५ गते देखिनै उनले प्रयोग गर्ने मोबाईल फोन स्वीच अफ छ । त्यो दिन बिहान देवेन्द्रले आफ्ना भान्जालाई आफू घोराही हापुरस्थित ‘रमाना जंगल’ मा रहेको म्यासेज पठाएका थिए । लगत्तै उनका भान्जालाई उनलाई फोन गर्दा फोन अफ भैसकेको थियो । ‘१५ गते कोठाबाट निस्केको केहिबेर पछि रमाना जंगलमा छु भनेर म्यासेज पठाएको रहेछ,’देवेन्द्रका बुवा दोर्णले भने ‘लगत्तै फोन हान्दा फोन स्वीच अफ भसकेको रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
-
चुरे संरक्षण र कृषि औजार कारखानाको दुर्दशा : सरकारी दाबी र यथार्थ फरक रहेको सांसदहरूको आरोप
-
रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु
-
बजेट नआए पनि सुदूरपश्चिममा नियमित प्रशासनिक काम राेकिँदैनन् : अर्थमन्त्री धामी
-
बागमतीमा कम्युनिस्ट गठबन्धनलाई प्राथमिकता दिने दुई दलको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण