भाइले बन्दुक प्रहार गर्दा दाजुको ज्यान गयो
बुटवल । दाङमा भाईले चलाएको भरुवा बन्दुक पड्किएर दाजुको ज्यान गएको छ । माघ २७ गते दिउँसो जिल्लाको गडवा गाउँपालिका–२ का २७ वर्षीय सुर्यबहादुर राना र उनका ३९ वर्षीय दाजु ईन्द्रबहादुर राना शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर ईन्द्रबहादुरको मृत्यु भएको हो । राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका थिए । सूर्यबहादुर रानाले शिकारका लागि बन्दुक प्रहार गर्दा दाजु इन्द्रबहादुरको बाँया हातको काखी मुनी गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
सहोदर दाजुको ज्यान गएपछि निज सुर्यबहादुर रानाविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुर मुद्दा दर्ता गरि निजलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको दाङका प्रहरी प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
-
बर्नहाम बने बेलायतका ५९ औँ प्रधानमन्त्री, राजा चार्ल्सद्वारा सरकार गठनको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण