मोदीसँगको भेटमा प्रियंकाले किन मिनि ड्रेस लगाएकी थिइन् ?
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । कहिलेकाँही उनी आफ्ना तस्बिरहरुका कारण ट्रोलको शिकार पनि भएकी छिन् । २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसामु मिनि ड्रेस लगाएर बसेको तस्बिर भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी थिइन् । यस घटनाबारे प्रियंकाले आफ्नो पुस्तक ‘अनफिनिस्ड’ मा चर्चा गरेकी छिन् ।
प्रियंकाकाअनुसार प्रधानमन्त्री मोदी र उनीबीच त्यस समय बर्लिनको एक होटलमा भेट भएको थियो । प्रियंकाका अनुसार त्यस समय उनी आफ्ना अमेरिकी प्रचारक र भाईसँग थिइन् । त्यही भेटका केही तस्बिर उनले सामाजिक सञ्जालमा राखेकी हुन् ।
‘मैले यसकारण त्यो ड्रेस लगाएको थिएँ, किनकी म ती दिनहरुमा ‘बेवाच’ फिल्मको पनि प्रमोशन गरिरहेको थिएँ’ प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन् । प्रियंकाको फोटो त्यतिबेला निकै भाइरल भएको थियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले देशको प्रधानमन्त्रीसामुु यस्तो पोशाकमा उपस्थित हुन नहुने धारणा राखेका थिए । बलिउडसँगै हलिउड फिल्ममा पनि प्रियंका सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण