बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

शुक्रबार, ३० माघ २०७७, ०६ : ५५
शुक्रबार, ३० माघ २०७७

काठमाडौँ ।  भूगर्भ  विभागले दैलेखमा  पेट्रालियम  पदार्थ  अन्वेषणको  ड्रिल  गर्ने काममा ढिलाइ गरिरहेको छ ।   विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । 

गत  मङ्सिरदेखि  ड्रिल  सुरु गर्ने   बताएको   विभागले   कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको   भन्दै   फागुनदेखि   ड्रिल गर्ने  जनाएको  थिया ।

अहिले  भने आगामी तिहारपछि मात्र ड्रिल गरिने तयारी  रहेको  विभागका  उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए ।

लामो  समयको  बन्दाबन्दीका कारण   ड्रिल   उपकरण   ल्याउन नसकिएको   र  चिनियाँ   अध्ययन टोली  नेपाल  आउन  ढिलाइ  हुँदा मिति सारिरहनु परेको छ । ड्रिल गर्ने उपकरण चैतमा ल्याइने भएको छध्र चैत दोस्रो हप्ता चीनको अध्ययन समूह ड्रिल गर्ने  उपकरणसहित  नेपाल  आउने  तयारी  गरेको उपनिर्देशक रजारेले जानकारी दिए । अध्ययन समूहले  ड्रिल  गर्ने‚थानको  पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप