प्रचण्डलाई ओलीको जबाफ : राम जन्मेको प्रमाण खोजेर बडा गाह्रो प्रश्न गर्नुभयो
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको प्रमाण खोज्नेलाई अब को सुडाइसुडेनी खोज्न जाऔँ ? भनेर प्रश्न गरेका छन् ।
शनिबार बुटवलमा लुम्बिनी केवलकार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘अस्ति एकजना मान्छेले भाषण गर्दाखेरि भन्नुभयो, केपी ओलीले राम जन्मभूमिमा राम र सीताको मन्दिर बनाउने, त्यहाँ प्रतिमा बनाउने भन्ने सुन्दैछु । तर त्यो भन्दा अगाडि प्रमाणित गर्नुपर्यो नि राम त्यहीँ जन्मेका थिए भनेर’, ओलीले प्रचण्डको नाम उच्चारण नगरी भने, ‘अब म त्यसबेलाका सुडाइसुडेनी खोजेर ल्याउ कि ? के-के खोजेर ल्याउ ? अँ, हो कौशल्याले राम जन्माउँदा मै सुडेनी थिएँ भनेर भन्ने को फेला पर्ला ?बडा गाह्रो प्रश्न उहाँले राख्नुभयो ।’
गत माघ २८ गते काठमाडौँमा गरेको बृहद् विरोध सभामा नेकपा प्रचण्डले राम चितवनमै जन्मेको हो भन्ने पुष्टि गर्न चुनौति दिएका थिए । ओलीले त्यसैको जवाफ शनिबार दिएका हुन् ।
प्रधानमन्त्री ओलीले रामजन्म भूमि चितवन नै भएको भन्दै भने, ‘संसारमा अरु कुनै ठाउँमा राम जन्मभूमि भनेर प्रमाणित भएको छैन । फैजावाद डेढ सय वर्षसम्म अयोध्या नामै थिएन । अनि अयोध्यापुरी जहाँ राम जन्मेको थिए प्रमाण चाहियो फेरि ?’
उनले कतिपय कुरा श्रुती र दर्शनको निरन्तरताको आधारमा पुष्टि गर्न सकिने पनि बताए । ‘अरु मेसोपोटायामियाको जस्तो माटाको हाँडी जस्तो खोजेर भेटिँदैन । यो १२, १५ हजार बर्ष अघिको कुरा हो’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ ।
तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण