सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

भ्यालेन्टाइनमा मेलिनाको नयाँ गीत, जम्यो आकाश र अस्मिताको जोडी

शनिबार, ०१ फागुन २०७७, १४ : ५०
शनिबार, ०१ फागुन २०७७

गायक सुमन केसी र गायिका मेलिना राईको स्वर रहेको ‘बागमा’ बोलको नयाँ गीतमा आकाश श्रेष्ठ र अस्मिता श्रेष्ठले अभिनय गरेका छन् । यस गीतको शब्द अम्बिका गुरुङले लेखेकी छिन् । राजन खतिवडाको संगीत रहेको गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् ।

भावसागर इन्टरटेन्टमेन्टको निर्माणमा बनेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोले रोमान्टिक कथा बोलेको छ । प्रेम दिवसको पूर्व सन्ध्या अर्थात् ५ फेब्रुुअरीमा सार्वजनिक भएको यस गीतलाई युवापुस्ताले निकै रुचाएका छन् । भिडियोमा राजिव समरको करियोग्राफी रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप